बेइिजङ ओलम्पिक बहिस्कार गरिंदैनः फ्रान्सेली राष्ट्रपति इम्यानुअल-Sutra News

बेइिजङ ओलम्पिक बहिस्कार गरिंदैनः फ्रान्सेली राष्ट्रपति इम्यानुअल

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदै ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपर्युक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ ।



चीनमा मानवअधिकार उल्लंघनका घटनाम तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस्लिम समुदाय उहिगुर र अन्य अल्पसंख्यकमाथि दमन गरेको ती देशहरुले आरोप लगाउँदै आएका छन् ।

त्यस्तै, हङकङमा भएको राजनीतिक आन्दोलनमा भइरहेको दमन र चीनकी टेनिस खेलाडी पेङ सुआईमाथि भएको यौन दुर्व्यवहारका विषयलाई पनि ती राष्ट्रले चीनसँग अ‍ौ‌ला ठडाएका छन् ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बेइजिङ ओलम्पिकमा अ‌ाफू सहभागी हुने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट