रामचन्द्र पौडेल महाधिवेशनमा सहभागी नहुने चर्चा, विमलेन्द्र निधिले गरे फोन-Sutra News

रामचन्द्र पौडेल महाधिवेशनमा सहभागी नहुने चर्चा, विमलेन्द्र निधिले गरे फोन

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशनमा आउन आग्रह गरेका छन् ।



आज शुक्रबारबाट सुरु हुन लागेको महाधिशनका दिन निधिले पौडेललाई फोन गरेर महाधिवेशनमा आउन आग्रह गरेका हुन् ।

निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै पौडेलको उपस्थिति पनि रहनुपर्ने बताए ।

केही दिनअगाडी पौडेलले आफूले राजनीति नै छाड्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट