कांग्रेस महाधिवेशन उद्घाटनमा ओली अझै पुगेनन्, कुर्सी अझै खाली-Sutra News

कांग्रेस महाधिवेशन उद्घाटनमा ओली अझै पुगेनन्, कुर्सी अझै खाली

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८
फाइल फोटो

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा विभिन्न पार्टीका शिर्ष नेताहरु पुग्ने क्रम जारी भएपनि नेकपा एमालेका अध्यक्ष केपी ओली अझै पुगेका छैनन् । महाधिवेशनको उद्घाटन र अतिथिहरुको आशन ग्रहण सकिएपनि ओली नपुग्दा उनको लागि कुर्सी अझै सुरक्षित राखिएको छ ।



सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव महाधिवेशनस्थल पुगिसकेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनस्थल पुगेका छन् ।

सबै पार्टीका शिर्ष नेता महाधिवेशनस्थलमा आइसकेपनि प्रमुख प्रतिपतक्षी दल एमालेबाट ओली आइनपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस सभापति शेर बहादुर देउवा ओली आउने पर्खाइमा रहेका छन् र उनको लागि अतिथिको कुर्सी खाली राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट