नेता आयो भने जनताले कुन चाहिँ चोर आएछ भन्छन् – लिङ्देन  -Sutra News

नेता आयो भने जनताले कुन चाहिँ चोर आएछ भन्छन् – लिङ्देन  

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरूलाई व्यंग्य गर्दै नेतालाई जनताले चोर भन्ने गरेको बताएका छन् ।



आज भृकुटीमण्डपमा उद्घाटन भइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बोल्दै लिङ्देनले नेता कहीं आए भने जनताले चोर आयो भन्ने गेरको बताएका हुन् ।

‘म कुनै नेताहरूको नाम लिन्न तर आजकल नेता कहीं आउने भए भने जनताले कुन चोर आएछ भन्छन्,’ उनले भने ।

लिङ्देनले पछिल्लो समय सरकार सरकार जस्तो नभएको, संसद संसद जस्तो नभएको र अदालत अदालत जस्तो नभएको टिप्पणी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट