मन्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा-Sutra News

मन्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।



जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट