काँग्रेस महाधिवेशन- मंचमा जान तयार भएका ठाकुरलाई विश्वप्रकाशले ‘एकछिन’ भनेपछि…-Sutra News

काँग्रेस महाधिवेशन- मंचमा जान तयार भएका ठाकुरलाई विश्वप्रकाशले ‘एकछिन’ भनेपछि…

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक उद्घाटन हुनै लागेको छ । अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुनाले सम्बोधन गर्ने क्रम चलिरहेको छ ।



जसपाका नेता महन्थ ठाकूरलाई कार्यक्रम संचालक विश्वप्रकाश शर्माले मन्तव्यका लागि बोलाएका थिए । मंचमा जान तयार भएका ठाकुर एकाएक आफ्नै ठाउँमा अड्किए ।

कारण थियो, कार्यक्रममा नाच गर्नेहरु छिटो प्रवेश गर्नु । नृत्यका मानिसहरु मंच पुगेपछि फेरी शर्माले भने, ‘महन्थ ठाकुरको मन्तव्य एकछिन रोकिने भयो ।’

अहिले उनीहरुले नृत्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट