राजाप्रति माधव नेपालको आक्रोश- कि व्यापार गर्ने कि नयाँ पार्टी खोले हुन्छ, राजतन्त्र सम्भव छैन-Sutra News

राजाप्रति माधव नेपालको आक्रोश- कि व्यापार गर्ने कि नयाँ पार्टी खोले हुन्छ, राजतन्त्र सम्भव छैन

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् ।



शुक्रबार नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा फेरी राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका हुन् ।

सम्बोधन गर्दै उनले भने, ‘ राजाहरुले कि व्यापार गरे हुन्छ, कि पार्टी खोले हुन्छ ।’

उनले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन् । जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनले बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए ।

राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।

एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए ।

नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोल्न उनले सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट