ओलीको नामै नलिई प्रचण्डले भने – एक्लै हिंड्न खोज्ने ओरालो लागे-Sutra News

ओलीको नामै नलिई प्रचण्डले भने – एक्लै हिंड्न खोज्ने ओरालो लागे

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् ।



काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै एक्लै हिंड्न खोज्नेहरु ओरालो लाग्ने बताए ।

उनले भने, ‘पार्टी र साथीहरू एक्लै हिंडे कुराको अहंकार कसैले नगरौं । राजनीतिक प्रतिस्पर्धा गरेपनि एकता खोज्नै पर्ने हुन्छ । एक्लै हिंड्ने अहंकार गर्दा जसले हिंड्न खोज्यो, उसको ओरालो लाग्यो भन्ने नेपालको इतिहासले भन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट