माओवादी र नेकपा एसमाथि ओलीको व्यंग्य – केही साना दललाई कांग्रेसले औंलो समाउन दिन्न कि भन्ने पीर छ-Sutra News

माओवादी र नेकपा एसमाथि ओलीको व्यंग्य – केही साना दललाई कांग्रेसले औंलो समाउन दिन्न कि भन्ने पीर छ

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाम नलिइकन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई ‘साना दल’ भन्दै टिप्पणी गरेका छन् ।



नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले भने, ‘केही साना दलहरूलाई कांग्रेसले औंलो समाउन दिन्न कि भन्ने पीर छ । सधैं सँगै जानुपर्छ भन्ने, सरकारमा हो कि कहाँ हो ? सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होला ।’

ओलीले एमाले एक्लै हिंड्ने रहर नगर्ने बताए । ‘नेकपा एमाले एक्लै हिंड्ने रहर पनि गर्दैन । राष्ट्रियता, लोकतन्त्र, विकास र सुशासनको प्रश्नमा देशलाई अगाडि बढाउन सहकार्य गर्ने कुरामा नेकपा एमाले तयार छ ।’

ओली बोल्दाबोल्दै माइक काटिएको थियो । एक मिनेटसम्म पनि आवाज नआएपछि ओली आफ्नो कुर्चीमा गएर बसेका थिए । त्यसपछि ओली पुनः आएर आफ्नो सम्बोधन पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट