ईन्लाईटिन ईन्टरनेसनलको १३औं वार्षिकोत्सव, विद्यार्थी र अभिभावको मन जित्न सफल-Sutra News

ईन्लाईटिन ईन्टरनेसनलको १३औं वार्षिकोत्सव, विद्यार्थी र अभिभावको मन जित्न सफल

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

‘हेल्पीङ रिलाइज योर ड्रिम्स’ भन्ने मुख्य नारा बोकेर विदेश अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिंदै आएको ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन प्रालिले १३ औं बसन्त पार गरेको छ । काठमाडौं बागबजारमा मुख्य कार्यालय रहने गरि सन २००९ को डिसेम्बरमा स्थापना भएको ईन्लाईटिनले व्यवसायीक यात्राका विभिन्न आरोहअवरोह पार गर्दै १३औं बर्ष पुरा गरेको हो ।



यस कन्सल्टेन्सीले मुलतः नेपालबाट अमेरिका, अष्ट्रेलीया, क्यानडा, युके, न्यूजिल्याण्ड, र जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई सहज बनाउन सहजिकरणको भुमिका निर्वाह गर्दै आएको छ ।

विद्यार्थीलाई आवश्यक जानकारीका लागि अध्ययन गर्न जाने देशमा त्यहाँको वातावरण, हावापानी, शिक्षा प्रणाली, छात्रवृत्ति, सम्बन्धित देशको अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पालना गर्नुपर्ने निति, नियम, कलेज, विश्वविद्यालयका शैक्षिक शुल्क, भर्ना प्रक्रिया, पार्ट टाइम जबको जानकारी लगायतका विषयमा भरपर्दो परामर्श दिनु मुल मन्त्र भएको संस्थाका प्रबन्ध निर्देशक दिपकराज भुसाल बताउँछन् । उनि भन्छन्– ‘ईन्लाईटिन स्थापना र संचालन गरेको १३ बर्षको अबधिमा प्राप्त उपलब्धि भनेकै आम विद्यार्थी र अभिभावकले हामीप्रति गरेको विश्वास हो । आजको यस क्षणमा यो विश्वास सधै कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु ।’

संस्थाले हाल आइईएलटिएस र जापानीज भाषाका कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । त्यस्तै दक्ष अनुभवि एवम TITI, ICEF, QEAC, BC, CCEA, USATC, ISANA जस्ता कोर्ष गरेका सर्टिफाइ काउन्सिलरद्वारा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई निरन्तर मार्गनिर्देशन गरिरहेका छन् ।

यतिखेर ईन्लाईटिनले विश्वभरका २१५ भन्दा बढी देशमा कलेज तथा विश्वविद्यालयसँग सम्बन्धन लिई नेपालमा बुटवल, चितवन, पोखरामा क्षेत्रीय कार्यालय स्थापना गरि हजारौ विद्यार्थीहरुलाई सेवा एवम परामर्श प्रदान गरिरहेको छ ।

संस्थाले आफ्नो १३ औं बर्ष पार गरेको अवसरमा डिसेम्वर महिनाभरि आफ्ना सेवाहरुमा आइईएलटिएस जापानिज भाषा र एर्वोड स्टडीको प्रोसेसिङमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट