कांग्रेस महाधिवेशनः म गुटको अन्त्य चाहान्छु, दुबै प्यानलमा मेरो नाम छ- शशांक कोइराला-Sutra News

कांग्रेस महाधिवेशनः म गुटको अन्त्य चाहान्छु, दुबै प्यानलमा मेरो नाम छ- शशांक कोइराला

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीमा गुटको अन्त्य होस भन्ने चाहेको बताएका छन् । उनले आफू कुनै गुटमा नरहेको पनि प्रस्ट पारेका छन् ।



महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले आफू कुनै गुटमा नरहेको र पार्टीभित्र ग्रुपिजम अन्त्य गर्न चाहेको पनि बताए । उनले भने- ‘म कुनै गुटमा छैन । त्यही भएर दुवैको प्यानलमा मेरो नाम छ। म ग्रुपिजम अन्त्य चाहन्छु ।’

कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ भने कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी सभापतिको उम्मेदवार भएपनि आफ्नो समूहभित्र समीकरण नमिलेपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् ।

उनलाई आफू निकट भन्दै शेरबहादुर देउवा र शेखर कोइराला समूहले प्रचार गर्दै आफ्नो प्यानलमा नाम उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट