कांग्रेस महाधिवेशनः कार्यतालिका भन्दा साढे तीन घन्टापछि मतदान सुरु-Sutra News

कांग्रेस महाधिवेशनः कार्यतालिका भन्दा साढे तीन घन्टापछि मतदान सुरु

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।



निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको जानकारी दिए । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ–आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए ।

अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट