कांग्रेस महाधिवेशन: लौरोको सहारामा मतदान-Sutra News

कांग्रेस महाधिवेशन: लौरोको सहारामा मतदान

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

काठमाडौं, २७ मंसिर- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।



मतदानमा अपांगता भएका प्रतिनिधि पनि सहभागी भएका छन् । उनीहरू लामबद्ध नभई मतदानको व्यवस्था गरिएको अपांगता रहेका दैलेखबाट आएका प्रतिनिधि गणेश बोगटीले बताए ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर सरकार बनाउने र उक्त सरकारबाट देश निर्माण गर्ने नेतृत्व छान्नुपर्ने उनको भनाइ छ । आफूले पनि सोही विचार गरेर मतदान गरेको बताएका उनले मतदान गर्न ५० मिनेट लागेको जानकारी दिए ।

सुन्धराबाट ट्याक्सी चढेर मतदान गर्न आएका उनले मतदानमा कुनै गाह्रो र समस्या नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट