१२ देखि १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी-Sutra News

१२ देखि १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

सरकारले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको देशभरका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । उनीहरुलाई मोर्डना कम्पनीको खोप लगाइने छ ।



५७ वटा जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनीका बालबालिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार खोप पुगेसम्म सबैलाई लगाइने छ । मोर्डना खोप नपुगेकालाई फाइजर खोप लगाइने छ । पहिलो मात्रा लगाएको महिना दिनपछि दोस्रो मात्रा लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट