शेयर बजार निरन्तर ओरालो, सोमबार पनि ७९ अंकले घट्यो-Sutra News

शेयर बजार निरन्तर ओरालो, सोमबार पनि ७९ अंकले घट्यो

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

साताको दोस्रो दिन सोमबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबार ८९ अंकले घटेको सेयर बजारमा सोमबार पनि पहिरो गयो ।



बजार परिसूचक नेप्से सोमबार ७९ अंकले घटेर २२ सय ८२ विन्दुमा थामिएको छ । यस्तै ठूला कम्पीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले घटेर ४ सय ३७ अंकमा झरेको छ ।

हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज भने कारोबार रकम बढेर ३ अर्ब ९९ करोड पुगेको छ । यस दिन सबै उपसूचकहरु ऋणात्मक रहे ।

निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।

सबै समूह ओरालो लागे पनि एउटा कम्पनीको सेयर मूल्य भने लगभग १० प्रतिशतले बढेको छ । गोरखा फाइनान्स लिमिटेडको सेयर ६७ अंकले बढेर ७ सय ७२ रुपैयाँ पुगेको छ ।

बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी लगायतका केही कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा १ सय ८२ कम्पनीका लगानीकर्ताले घाटा बेहोर्नुपर्यो ।

यस दिन २ सय २३ कम्पनीका ९६ लाख ७९ हजार ७२ सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट