थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाले ज्यान गुमाए-Sutra News

थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाले ज्यान गुमाए

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

देशैभरी थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३४१ जना संक्रमित थपिएका हुन्।



पछिल्लो २४ घण्टामा १३ हजार २३६ जनाको कोरोना परीक्षण गर्दा उल्लेखित संख्यामा संक्रमित थपिएका हुन् । १० हजार ४१६ जनाको पिसिआर परीक्षण र २८२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट