ड्रममा भोट हालेर फर्किएका देउवा फेरी सुटुक्क मतदानस्थलतिरै-Sutra News

ड्रममा भोट हालेर फर्किएका देउवा फेरी सुटुक्क मतदानस्थलतिरै

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान क्षेत्रको अवलोकन गरेका छन् ।



सभापतिका उम्मेदवारसमेत रहेका उनी आफूले मतदान गरेको केही समयपछि फेरि मतदानस्थलमा प्रवेश गरेर अवलोकन गरेका हुन् ।

अवलोकनपछि उनी केहीबेर मतदानस्थल अगाडि बसेर आराम पनि गरेका थिए ।

कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।

देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट