रामचन्द्र पौडेलले प्रतिनिधिहरुलाई चिया खुवाउने-Sutra News

रामचन्द्र पौडेलले प्रतिनिधिहरुलाई चिया खुवाउने

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् ।



उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् ।
इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् । इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा  छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट