नमस्तेको टावरमा आगलागी, डेढ हप्तादेखि हुम्लावासी प्रभावित-Sutra News

नमस्तेको टावरमा आगलागी, डेढ हप्तादेखि हुम्लावासी प्रभावित

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नमस्तेको टावरमा आगलागी भएपछि डेढ हप्तादेखि स्थानीय सञ्चार विहीहिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको ठाडा ढुंगामा रहेको नमस्तेको टावरमा आगलागी भएपछि सो क्षेत्रका स्थानीय सेवाग्राही सञ्चारको पहुँचबाट वञ्चित भएका छन् ।



गत मङ्सिर १४ गते बेलुका ४ बजेको समयमा एक्कासि टावर घरमा आगलागी भएको जानकारी पाएपछि धारापोरी गाउँका स्थानीय नागरिकहरूले उक्त आगो नियन्त्रणमा लिएका धारा पोरीका स्थानीय कालीबहादुर सिंहले बताए ।

धारापोरीमा रहेको नमस्ते मोबाइलको टावरमा आगलागी भएपछि करिब डेढ हप्तादेखि सिमकोट गाउँपालिका वाड नम्बर ७ को धारापारी, डाँडाफया, चौगानफया र वडा नम्बर ८ को स्याँडा, खोल्सीका र नाम्खा गाउँपालिकाका धिँगा, गाडापारी, च्यादुक, खगाँलगाउँलगायत लामा खोल्सीका केर्मी गाउँका स्थानीय नागरिक प्रत्यक्ष फोन सम्पर्कबाट प्रभावित भएका छन् ।

नमस्ते मोबाइलको टावरमा आगलागी भएपछि दिनदेखि सिमकोट र नाम्खा गाउँपालिकाका दुई वटा गाउँपालिका गरेर करिब आठ हजार सेवाग्राही फोन सेवाबाट वञ्चित भएका छन् ।

टावरमा ४८ ओटा ब्याट्री र अन्य टावर सञ्चालनका लागि प्राविधिक सामाग्री रहेका थिए । तर, केही जलेर नष्ट भएका छन् भने केही बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । टावर के कति कारणले जलेको हो त्यसको जानकारी नभएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट