कोरोनाको खोप बेचेको आरोपमा जनकपुरमा २ पक्राउ-Sutra News

कोरोनाको खोप बेचेको आरोपमा जनकपुरमा २ पक्राउ

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

कोरोनाविरुद्धको भ्याक्सिन विक्री गर्ने दुई जना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले कोरोनाविरुद्धको भ्याक्सिन बेचिरहेका दुई जना स्वास्थ्यकर्मीलाई जनकपुरधामस्थित बस पार्कबाट पक्राउ गरेको हो ।

महोत्तरी जिल्ला महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौं हतका हेल्थ एसिस्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्ण कुमार यादवालाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । उनीहरूबाट ३ थान भ्याक्सिनसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

नेपाल सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क दिँदै आएको उक्त भ्याक्सिन उनीहरूले ५ हजारदेखि १५ हजारसम्ममा बच्दै आएको सूचनाको आधारमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट