कृषकका लागि ल्याएको गहुँको बिउ जनप्रतिनिधिकै मिलेमतोमा लुटियो-Sutra News

कृषकका लागि ल्याएको गहुँको बिउ जनप्रतिनिधिकै मिलेमतोमा लुटियो

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

छिन्नमस्ता गाउँपालिका कार्यालय अगाडीकै भवनमा राखिएको गहुँको बिउ सोमबार तेस्रो पटक स्थानीयबाटै लुटिएको छ । कृषकका लागि अनुदानमा वितरण गर्न ल्याइएको गहुँको बिउ दिउँसै लुटिएको स्थानीय कपिल मुखियाले बताए ।



शनिबारदेखि लगातार लुटिँदै आएको गहुँको बिउको सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा पुनः सोमबार लुटिएको मेखियाको भनाई रहेको छ ।
गहुँको बिउ राखेको ठाउँबाट १५० देखि २०० मिटर पर सखडा थाना रहे पनि लुटपाट हुने क्रममै जानकारी गराउँदासमेत प्रहरी २० मिनेटपछि मात्र आएको स्थानीय राजदेव यादवले बताए ।

किसानका लागि आएको ५ सय ३० बोरा गहुँ  लुटिएपछि गरिब विपन्न किसान समस्यामा परेका छन् । यसप्रति स्थानीय जनप्रतिनिधि पनि मौन रहेको स्थानीयको गुनासो छ ।

केही दिनअघि गाउँपालिकाको बैंठकमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच गहुँकै विषयलाई लिएर विवाद भएपछि कुटाकुट भएको थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले गाउँपालिका अध्यक्ष, सदस्यहरूको मिलेमतोमा गहुँको बिउ लुटिएको जानकारी आए लगत्तै प्रहरी पुगेको बताए । लुटपाट गर्नेहरू भने पक्राउ पर्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट