अन्त्यमा: एमालेमा भीम रावल जिम्मेवारीविहीन, ओलीलाई आरोप लगाउँदै बस्दै-Sutra News

अन्त्यमा: एमालेमा भीम रावल जिम्मेवारीविहीन, ओलीलाई आरोप लगाउँदै बस्दै

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट विभिन्न नेताहरुलाई जिम्मेवारी दिए ।



उनले दिएको जिम्मेवारीलाई लिएर उनकै पक्षका नेताहरु असन्तुष्ट रहेका छन् । पार्टीलाई अप्ठ्यारोमा सहयोग गरेका नेताहरुसमेत केन्द्रीय कमिटीको सूचीमा रहन सकेनन् ।

शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पोलिटब्युरोको नाम पढेर सुनाएका थिए । उनले पढेको सूचीमा पूर्वउपाध्यक्ष भीम रावलको पनि नाम रहेको थियो ।

रावल १० औं महाधिवेशनमा ओलीसंग फराकिलो मतान्तरले हारेका थिए ।

उनलाई केन्द्रीय कमिटीमा नसमेटेको भन्दै नेताहरुले आपत्ति जनाउंदै आएका छन् ।

केन्द्रीय कमिटीमा उनको नाम नभएपछि एमालेमा रावल जिम्मेवारीविहीन जस्तै बनेका छन् ।

उनले ओलीले गरेको मनोनयनमा असन्तुष्टिसमेत जनाउंदै आएका छन् । रावलले हिजो आइतबार सामाजीक संजालमार्फत ओलीले गरेको मनोनयन आफूलाई मन नपरेको र उनको त्यो प्रवृत्ति अन्त्य हुनुपर्नेसमेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट