१०० मत गन्दा देउवाले ल्याए ५०, शेखरको ३४-Sutra News

१०० मत गन्दा देउवाले ल्याए ५०, शेखरको ३४

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८
फाइल फोटो

काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले सुरुवाती अग्रता बनाएका हुन् ।
पहिलो १०० मत गन्दा शेरबहादुर देउवाले ५०, शेखर कोइरालाले ३४, विमलेन्द्र निधिले ११, प्रकाशमान सिंहले ३, कल्याण गुरुङले १ मत पाएका छन् ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।
निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।



 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट