देउवा अघिअघि : ७०० मत गन्दा देउवाको ३४२ र शेखरको २५६-Sutra News

देउवा अघिअघि : ७०० मत गन्दा देउवाको ३४२ र शेखरको २५६

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तरगत अहिले मतगणना जारी रहेको छ ।



७०० गणना गर्दा शेरबहादुर देउवाले ३४२ र शेखर कोइरालाले २५६ मत पाएका छन् ।

मतदान सोमबार राति साढे ११ बजे सकिएको भएपनि गणना भने मंगलबार विहान ४ बजेर ५ मिनेटबाट मात्रै सुरु भएको थियो । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।

सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट