१३ सय मत गन्दा देउवा ६ सयमा, शेखर ४ सयमा-Sutra News

१३ सय मत गन्दा देउवा ६ सयमा, शेखर ४ सयमा

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ — कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।



अहिलेसम्म १ हजार ३ सय ६ मत गनिसक्दा देउवाले ६२६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ र प्रकाशमान सिंहले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ७५ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ३ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट