मतगणना स्थलमा गृहमन्त्रीदेखि गगन थापासम्म-Sutra News

मतगणना स्थलमा गृहमन्त्रीदेखि गगन थापासम्म

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको पाँच घण्टापछि सोमबार बिहान साढे चार बजे मतगणना सुरु भएको हो ।



आइतबार बिहान ११ बजेदेखि राति साढे ११ बजेसम्म मतदान भएको थियो । चार हजार ६८० जना प्रतिनिधिले मतदान गरेका थिए । कुल चार हजार ७४३ प्रतिनिधि छन् ।

निर्वाचन समितिका प्रमुख गोपालकृष्ण श्रेष्ठले सभापति पदको मतगणना सुरु भएको जानकारी दिए । उनकाअनुसार मतगणना सकिन कम्तिमा साढे ३ घण्टा लाग्नेछ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् ।

यसैगरी केन्द्रीय निर्वाचन समितिले उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका केन्द्रीय कार्यालय सानेपा पुर्‍याएको छ । राष्ट्रियसभा गृह र भृकुटीमण्डपबाट ८४ वटा ट्यांकी सबै उम्मेदवारका प्रतिनिधिसहित कडा सुरक्षाका बीच सानेपा लगिएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट