२६७७ मत गन्दा देउवाको १२६५, शेखरको ९८० अरुको कति ? [अपडेट]-Sutra News

२६७७ मत गन्दा देउवाको १२६५, शेखरको ९८० अरुको कति ? [अपडेट]

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापति पदका लागि मतगणना जारी रहेको छ ।



हालसम्म जम्मा २६७७ मत गन्दा शेरबहादुर देउवाले १२६५ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ९८० मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रकाशमान सिंहले २०७ मत प्राप्त गरेका छन् भने विमलेन्द्र निधिले जम्मा १९५ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट