थाहा पाउनुहोस् आजको राशिफल-Sutra News

थाहा पाउनुहोस् आजको राशिफल

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

आजको पात्रो : २८ मंसिर, तदनुसार १४ डिसेम्बर, मंगलबार। मार्गशीर्ष शुक्लपक्ष मोक्षदा एकादशी तिथि, अविश्नी नक्षत्र, परिधी योग, चन्द्रमा मेष राशिमा छ ।



आजको देवता विश्वकर्मा, ग्रहदेव शनि रहेको छ । आजको दिन सवारीसाधनसम्बन्धी खरिद विक्री, मर्मत गर्न सकिन्छ । मंगलबार गणेश र हुनमानको शक्ति आरधना गर्ने बार हो । आज एकादशी, मंगलबार दुवै एकसाथ परेको छ । सनातन मान्यताअनुसार एकादशीको दिन व्रत बस्ने र भोजन नगर्ने प्रचलन छ । बिहान ११ः३८ देखि १२ः१९ सम्म अभिजित मुहूर्त रहेको छ भने २ः३५ देखि ३ः५३ सम्म राहुकाल रहेको छ । राहुकालको समयमा कुनै पनि शुभ कर्म गरिदिैन । आज सूर्योदय बिहान ६ः४८ मा हुनेछ भने सूर्यास्त ५ बजेर ०९ मिनेटमा हुनेछ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजयप्राप्त हुनेछ । आजको दिन चन्द्रमा पनि मेष राशिमा भएकले शत्रुमाथिको विजय प्राप्ति, तपाईँले कुनै पनि नयाँ काम सुरु गर्दासमेत सफलता प्राप्त हुनेछ । परिवार र आफन्तजनको साथ सहयोग प्राप्त हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिन र साता नै फलदायी हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अध्यापनमा रुची कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा गर्नुहोला । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिनु राम्रो हुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र ब्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईँलाई निकै फाइदा हुन्छ । नियमित काम मात्र गर्ने नयाँ काम नगर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईँका लागि आजको दिन अनुकल देखिएन । तर, धन प्राप्तिको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । विगतमा तपाईँप्रति नकारात्मक सोच्ने मित्रसमेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । कसैलाई सापटी दिएका धन फिर्ता हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईँसँग अनावश्यक विवाद नगर्नुहोला । लामो दूरीको यात्रा पनि नगर्दा हुन्छ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक हानी  हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको आफन्तजनबाट धोका हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  आज दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । आजको दिन तपाईँले कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ । तपाईँले मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला । आशीर्वाद लिने व्यक्तिसँगको भेट फलदायी हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन र समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईँले सकारात्मक सोच राखेर काम गर्नुपर्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायमा लाभ हुने देखिन्छ ।  आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोधसमेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । यात्रा गर्दा फलदायी कार्ययोजना बन्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नु फलदायी हुनेछ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। अध्ययनअध्यापनमा रुचि बढ्ने छ । आजको दिन गणेशको मन्दिर वा हुनमानको देवालय यात्रा गर्दा सकारात्मक सोच बढ्ने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठमन्दिर वा गणेश मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यावसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । देवालयमा गएर बृद्ध र बालकलाई खानेकुरा वितरण गर्नु उत्तम हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको फाइदा मिल्नेछ । अध्ययन अनुसन्धानको कामबाट अर्थलाभ हुनेछ । लेखन, रचनात्मक काममा लागि मंगलबारको दिन शुभ बार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट