मतगणना सकिन लाग्दा शेखरले ह्वात्तै घटाए मतान्तर, यस्तो छ मत [अपडेट]-Sutra News

मतगणना सकिन लाग्दा शेखरले ह्वात्तै घटाए मतान्तर, यस्तो छ मत [अपडेट]

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।



३९७७ मत गन्दा देउवालाई १९००, कोइरालालाई १४६७ मत आएको छ ।

त्यस्तै विमलेन्द्र निधि– २३०, प्रकाशमानसिंह– २९६, कल्याण गुरुङ– २० मत प्राप्त गरेका छन् ।

देउवा र कोइरालाको मतान्तर– २३३ रहेको छ ।

आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट