सदन चल्न नदिने रणनीतिमा एमाले, पास होला त ६ अध्यादेश ?-Sutra News

सदन चल्न नदिने रणनीतिमा एमाले, पास होला त ६ अध्यादेश ?

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।



उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरुले संसद बैठकमा अवरोध सृजना गर्ने गरी रणनीति बनाउने देखिन्छ । संसदको नवौँ अधिवेशन पनि एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो ।

एमालेको रणनीति अनुसार आज पनि सदन अवरोध हुनेछ । अवरोधकाबीच सरकारले ल्याएको विभिन्न ६ अध्यादेश पास हुन्छ की हुन्न भन्नेमा दुविधा देखिएको छ ।

सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट