देउवालाई निधिको पनि समर्थन, सभापतिमा जित निश्चित-Sutra News

देउवालाई निधिको पनि समर्थन, सभापतिमा जित निश्चित

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिले पनि दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।



यसअघि प्रकाशमान सिंहले पनि आफ्नो समर्थन देउवालाई रहने बताइसकेका छन् ।

निधि र सिंहको समर्थनसँगै सभापतिमा देउवाको जित निश्चित भएको छ । सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार देउवाले २२५८ मत प्राप्त गरेका हुन् । खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको व्यवस्था छ। सोमबार भएको निर्वाचनमा ४६७९ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक थियो।

देउवाका प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाएका छन् । निर्वाचन समितिका अुनसार पहिलो चरणबाटै आउट भएका सिंहले ३७१ मत पाएका छन् । अब सिंह र निधिले देउवालाई समर्थन गरेको अवस्थामा उनले जित्ने निश्चित भएको छ ।

सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले २५० मत र कल्याणकुमार गुरुङ्गले २२ मत पाएका छन् । पहिलो चरणको चुनावमा ७६ मत बदर भएको छ ।

यसले पार्टीको नेतृत्व गर्ने शेखर कोइरालको प्रयास विफल हुने भएको छ ।

दोस्रो चरणको चुनावका लागि मंगलबार दिउँसो ३ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म मतदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट