एभरेष्ट बैंकको साधारणसभा १ पुसमा, यस्ता छन् एजेण्डा-Sutra News

एभरेष्ट बैंकको साधारणसभा १ पुसमा, यस्ता छन् एजेण्डा

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

एभरेष्ट बैंकले १ पुसमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।



सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी चार दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने लगायतका एजेन्डा छन् ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि १७ मंसिरमा बुक क्लोज गरेको छ । यसअनुसार, १६ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले लाभांश प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट