शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई-Sutra News

शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको चुनावमा शेखर कोइरालाबाहेक सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी गुरुङले पनि सभापति देउवालाई समर्थन गर्ने घोषणा गरेपछि शेखरबाहेक सबै सभापति एकजुट भएका हुन् ।



सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।

‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ । त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।

उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए । देउवालाई सभापतिमा जित्न मात्र ८३ मत आवश्यक छ । सभापतिका उम्मेदवार रहेका सबैले समर्थन गर्ने भएपछि देउवा नेपाली कांग्रेसको पुनः सभापति हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट