सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई-Sutra News

सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव रामकुमार पौडेललाई

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

संघीय संसद सचिवालयका उपसचिव रामकुमार पौडेलले यसवर्षको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पाएका छन् ।



हरेक वर्ष २८ मंसिरमा मनाइने संघीय संसद सेवा दिवसका अवसरमा उपसचिव पौडेललाई सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनले नगद एक लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

यस्तै ७५ हजार नगदसहित उत्कृष्ट संसद सेवा पुरस्कारबाट शाखा अधिकृत दिपाकुमारी दुलाल र ५० हजार नगदसहित संसद सेवा पुरस्कारबाट सिनियर प्रेस टेक्निसियन राजेन्द्रप्रसाद लामिछाने र बैठके श्रीजन खनाल पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट