संसद बैठक सुरु हुनासाथ एमालेको अवरोध-Sutra News

संसद बैठक सुरु हुनासाथ एमालेको अवरोध

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।



आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशन पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका लागि सघाउन अनुरोध गरे पनि सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्दै विरोध जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट