कर्मचारीले साना साना योजनामा कमिसन खाएको नेपालको आरोप-Sutra News

कर्मचारीले साना साना योजनामा कमिसन खाएको नेपालको आरोप

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेको आरोप लगाएका छन् । सुनसरीस्थित इटहरी–१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणको काम गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेको आरोप लगाएका हुन् ।



सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए ।

उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्‍यो भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट