बालकृष्ण खाँणको आंकलन- देउवा र कोइरालाको मतान्तर १००० भन्दा बढी हुन्छ-Sutra News

बालकृष्ण खाँणको आंकलन- देउवा र कोइरालाको मतान्तर १००० भन्दा बढी हुन्छ

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका बालकृष्ण खाँणले सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १००० मत बढी ल्याएर जित्ने बताएका छन् ।



मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले सभापतिका उम्मेदवार देउवाले झन्डै १००० भन्दा बढी भोट ल्याएर जित्ने आंकलन गरेका हुन् ।

‘शेरबहादुरजीले कम्तीमा पनि १००० भोट ल्याएर जित्नुहुन्छ ।’ उनले भने ।

पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि काँग्रेसमा फेरी दोश्रो चरणको निर्वाचन हुँदैछ ।

सभापतिको दौडमा शेखर कोइराला र देउवा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट