काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका शेखर कोइराला यतिबेला प्रतिनिधिसँग मत माग्न व्यस्त देखिएका छन् ।
उनले अर्का नेता मिनेन्द्र रिजालसंग मिलेर प्रतिनिधिसंग भोट माग्न व्यस्त रहेका हुन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिको रुपमा शेरबहादुर र उनले ५० प्रतिशत मत कटाउन नसकेपछि उनीहरुबीच फेरी निर्वाचन हुँदैछ ।
यसैबीच प्रतिनिधिहरुले कोइरालालाई जितको शुभकामना दिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा मत मागिरहेका उनलाई प्रतिनिधिहरुले जितको शुभकामना दिएका हुन् ।