सभामुख सापकोटालाई ओलीको ठाडो चेतावनी- मेरो पार्टीका सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो आउँछ-Sutra News

सभामुख सापकोटालाई ओलीको ठाडो चेतावनी- मेरो पार्टीका सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो आउँछ

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।



आज मंगलबार संसदीय दलको बैठकमा बोल्दै उनले सभामुख सापकोटालाई यस्तो चेतावनी दिएका हुन् ।

उनले आफ्ना सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो नआउनेसमेत बताए ।

संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘ ‘नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन। निकाल्छु भन्नेलाई, कारबाही गर्छु भन्नेलाई, नियमावली आकर्षित हुन्छ भन्नेलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट