देउवालाई समर्थन गरेका सिंहले भने- हामीबीच पदको बार्गेनिङ भएको छैन-Sutra News

देउवालाई समर्थन गरेका सिंहले भने- हामीबीच पदको बार्गेनिङ भएको छैन

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् ।



दोस्रो चरणको निर्वाचनमा आफूले वर्तमान सभापति एवम् प्रधानमन्त्री देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता सिंहले भनेका छन्, ‘ कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु।’

सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर समूहमा लगातार छलफल भए पनि साझा उम्मेदवार तय हुन नसकेपछि उनी सहित शेखर कोइराला मैदानमा उत्रिएका थिए ।

देउवाबाट अब पार्टी चल्न नसक्ने बताउँदै आएका नेता सिंहले दोस्रो चरणमा संस्थापन इतरका उम्मेदवार कोइरालाको सट्टा देउवालाई साथ दिएपछि पदका लागि उनले क्याम्प परिवर्तन गरेको भन्दै समाचारहरु सार्वजनिक भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट