काँग्रेस महाधिवेशन- सकियो दोस्रो चरणको मतदान-Sutra News

काँग्रेस महाधिवेशन- सकियो दोस्रो चरणको मतदान

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ। राति ९ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ । समितिले करिब ४६ सय मत खसेको जनाएको छ । ४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए । दोस्रो चरणमा अझ कम महाधिवेशन प्रतिनिधिले मतदान गरेका हुन् ।



सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार राति ११ बजेपछि सभापतिको मतगणना हुनेछ । त्यसपछि अन्य पदका लागि भएको मतदानको गणना हुनेछ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट