काँग्रेसलाई गिज्याउने शब्द- ‘रुपान्तरण’-Sutra News

काँग्रेसलाई गिज्याउने शब्द- ‘रुपान्तरण’

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । आगामी पाँच वर्षसम्म नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसको महाअधिवेशन सकिएको छ । अहिले मतदान सकिएको छ भने नतिजा आउने क्रम जारी छ ।



काँग्रेसले मुख्यरुपमा ‘रुपान्तरण’ भन्ने शब्दलाई अगाडी सारेको थियो । काँग्रेसले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने कुराको ठुलै चर्चा चलेको थियो ।

काँग्रेसको सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए ।

मतदानको पहिलो चरणमा सभापतिमा कसैले पनि पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भयो । अधिकतम मत ल्याउने दुई प्रतिस्पर्धी देउवा र कोइरालाबीच फेरी निर्वाचन भयो ।

सभापतिमा पहिलो चरणमा नै आउट भएका निधि, सिंह र गुरुङ जो रुपान्तरणको एजेन्डा बोकेर महाधिवेशनमा होमिएका थिए । उनीहरुले लाचार प्रवृत्ति देखाए ।

पहिलो चरणको नतिजा आउने बित्तिकै उनीहरुले आफ्नो साथ देउवालाई रहेको घोषणा गरिहाले । काँग्रेस बदल्ने संकेत देखाएका मूख्य नेताहरु आँफै बदलिए ।

अबको मतगणनामा देउवाले जित्ने लगभग पक्का जस्तै छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर चुनावी मैदानमा होमिएका र कार्यक्रमहरुमा भाषण गर्दै हिंड्ने नेताहरुको यो प्रवृत्तिले ‘रुपान्तरण’ भन्ने शब्दलाई अपहरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट