सभापतिका लागि दोस्रो चरणको मतदान सकियो, कहाँ गए २ सय मतदाता-Sutra News

सभापतिका लागि दोस्रो चरणको मतदान सकियो, कहाँ गए २ सय मतदाता

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दास्रो चरणमा भएको मतदान सकिएको छ ।



दिउँसो साढे तीनबाट दोस्रो चरणको मतदान सुरु भएको मतदान अहिले केहीबेर अघि सकिएको हो ।

दोस्रो चरणमा ४५६३ मत मात्रै खसेको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान सुरु भएको हो ।

दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् । मतगणना आजै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट