हारे पनि दोस्रो चरणमा डेढ सय मत बढाएका थिए शेखरले-Sutra News

हारे पनि दोस्रो चरणमा डेढ सय मत बढाएका थिए शेखरले

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

कांग्रेस सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवाले ८ सय ७८ मतको अन्तरमा शेखर कोइरालालाई हराएका छन् । तर हारे पनि कोइरालाले पहिलो चरणमा भन्दा १५३ मत बढाएका छन् ।



निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरे भने कोइरालाले १ हजार ८ सय ५५ मत पाए । कुल खसेको ४ हजार ६ सय २३ मत मध्ये ३५ मत बदर भएको थियो ।
पहिलो चरणमा सोमबार भएको चुनावमा देउवाले देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए । ५ जना उम्मेदवार भएका कारण खसेको मतको पचास प्रतिशत नपुगेपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शेखर कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत मात्रै पाएका थिए ।

पहिलो चरणमा ४ हजार ७ सय ५३ प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । दोस्रो चरणमा पहिलो चरणमा भन्दा ५६ मत कम खसेको थियो । पहिलो र दोस्रो चरणको मत तुलना गर्दा कम मत खस्दा पनि परिणाम हासिल नगरे पनि कोइरालाको मत बढेको छ । पहिलो चरणमा भन्दा १ सय ५५ मत कोइरालाको बढेको छ । सिंह, निधि, र गुरुङ तीनै जना देउवाको समर्थनमा उभिंदा अघिल्लोमा भन्दा कोइरालाको मत बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट