देशभर न्यून चापीय प्रणालीको प्रभाव- यस्तो छ आज र भोलिको मौसम-Sutra News

देशभर न्यून चापीय प्रणालीको प्रभाव- यस्तो छ आज र भोलिको मौसम

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको  पहाडी भू-भागमा आंशिक बदली  रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।



दिउँसो : देशको  पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको  पहाडी भू-भागमा आंशिक बदली  रही    बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष १ गते (बिहीबार)

दिउँसो : प्रदेश १ तथा प्रदेश २  मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७८ पौष २ गते (शुक्रबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिक देखि सामान्य बदली रहने साथै गण्डकी तथा प्रदेश १का पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट