नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुवात गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु । समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ,’ थापाले लेखेका छन् ।
युवा नेता थापा कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका छन् ।
आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।
— Gagan Thapa (@thapagk) December 15, 2021