सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका-Sutra News

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात पुस १ गते बुकक्लोज गर्दै छ । यसर्थ, बुधबारसम्म नेप्सेमा कारोबार भई नेप्सेमा कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।



लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न १० पुसमा सातौँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले बगान फेमिली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा बिहान ९ बजेका लागि सभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट