देउवालाई बधाई दिंदै पौडेलले भने– लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्-Sutra News

देउवालाई बधाई दिंदै पौडेलले भने– लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

कांग्रेस नेता रामचन्द्र पौडेल सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापति शेरबहादुर देउवाको ध्यान जानुपर्ने बताएका छन् । बुधबार एक विज्ञप्तिमार्फत नवनिर्वाचित सभापति देउवालाई बधाई दिँदै उनले लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने कामना गरेका छन् ।



उनले संविधान अहिले पनि खतरामुक्त भइ नसकेको र अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी रहेको भन्दै देशलाई संकटबाट पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौं । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्।’

विज्ञप्तिको पुरा पाठः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट