प्रदेश २ : प्रदेशसभाको आठौँ अधिवेशन आजबाट, दुई अध्यादेश पेस गरिँदै-Sutra News

प्रदेश २ : प्रदेशसभाको आठौँ अधिवेशन आजबाट, दुई अध्यादेश पेस गरिँदै

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ । २२ असोजमा सातौँ अधिवेशन सम्पन्न भएपछि बुधबार आठौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडौँमा रहने भएकाले बुधबारको बैठक प्रभावित हुने भएको छ ।



प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ । तर, सत्तारुढ दल कांग्रेसका सासदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुने सक्ने प्रदेश सभा सचिवायले जनाएको छ ।

आठौँ अधिवेशनको पहिलो वैठक भएकोले सासदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट