बुटवल पावरको २० प्रतिशत लाभांश घोषणा-Sutra News

बुटवल पावरको २० प्रतिशत लाभांश घोषणा

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।



कम्पनीको २८ मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट